अर्थ

मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता



काठमाडौँ, १० भदौ । मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको छ ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र महासंघका अध्यक्ष बाबुकाजी महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता अनुसार, व्यवसायीले मेगा बैंकको प्राथमिकता प्राप्त क्षेत्रअन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइनेछ ।

साना तथा मझौला व्यवसाय संचालन गरिरहेका तथा नयाँ व्यवसाय संचालन गर्न चाहने नेपालभरका १८ देखि ६० बर्ष उमेरका व्यवसायी लाभान्वित हुने बैंकले दाबी छ ।