सुनचाँदीको मूल्य घट्यो

काठमाडौ, ८ माघ । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ सयले घटेर छापावाला सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।