वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

पर्सा, २ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व  सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।  आगामी आर्थिक वर्षको बजेटले उत्साह जगाएकाले पनि  जेठ महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको कार्यालय जानकारी दियो ।…