काठमाडौँ, २७ जेठ । आज बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।