मल किन्न छुट्टै संस्था चाहिन्छ : मन्त्री अधिकारी

काठमाडौँ, २२ असार । कृषि मन्त्री रामनाथ अधिकारीले मलका लागि छुट्टै संस्था बनाउनुपर्ने बताएका छन् । उद्योग तथा वाणिज्य,श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले रासायनिक मलको खरिदका लागि मन्त्रालय जोडिँदा अन्य काम समेत डिस्टर्ब भएको बताए ।  उनले भने, ‘मन्त्रालय जोडिँदा मल खरिदको प्रक्रिया र वितरण प्रणालीको दोष मन्त्री र मन्त्रालयले पाइरहेका छौँ ।’…