काठमाडौं, २८ चैत । पुरुषभन्दा महिलामा बढी डिप्रेसनको समस्या देखिएको छ । काठमाडौंमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले आयोजना गरेको कार्यक्रममा मनोचिकित्सक डा. रचना शर्माले पुरुषभन्दा ४ प्रतिशत बढी महिलामा डिप्रेसन समस्या देखिएको बताइन् । उनले महिलाहरुले बच्चा जन्माएपछि आफ्नो महत्त्व घटेको अनुभव गर्ने भएकाले डिप्रेसन बढी हुने गरेको शर्माको भनाइ छ । शर्माका अनुसार हाल…