काठमाडौं, २५ फागुन । आगामी एक महिनाभित्र चीनको तीन उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने तय भएको छ । चिनियाँ रक्षामन्त्री, परराष्ट्रसचिव र कम्युनिस्ट पार्टीको एसिया मामिला हेर्ने उच्च अधिकारी काठमाडौं आउन लागेका हुन् । कूटनीतिक स्रोतका अनुसार उनीहरू सबै तीनदिने भ्रमणमा आउन लागेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रोपोगाण्डा प्रमुख लिउ छिपाओले…