जहाँ भेडाबाख्राझै कोचिएर यात्रा गर्नुपर्छ

काठमाडौं, १५ माघ । साँझपख सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । कार्यालयबाट घर फर्कने समयमा सर्वसाधारणलाई बस, माइक्रोबस, ट्याम्पो लगायतबाट यात्रा गर्न निकै कष्टकर हुने गरेको छ । घण्टौँ कुरेर पनि बस चढ्न निकै कठिने हुने यात्रुको गुनासो छ। काठमाडौँ मल अगाडि नयाँठिमी जानका लागि माइक्रोबस पर्खीएकी श्यामसुन्दरी…