काठमाडौं, ५ माघ । सर्वोच्च अदालतबाट अख्तियार प्रमुखको नियुक्ति नै खारेजीमा परेका लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे छलफल गर्न तम्सिएको संसदको महाभियोग प्रस्ताव समिति कानुनी सुझाव लिन समेत असफल भएको छ । अदालतले उत्प्रेषणको आदेशद्वारा कार्कीको नियुक्ति सिफारिस र शपथग्रहण समेत बदर गरेको अवस्थामा समितिमा विचाराधीन महाभियोग प्रस्तावको कानुनी हैसियतबारे सुझाव लिन डाकिएका तीन कानुनविज्ञमध्ये दुईजना…