वैशाख ३०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज भोटो जात्रा ललितपुरको जाउलाखेलमा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाएर जात्रा मनाइएको हो । जात्रामा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधिश दीपकराज जोशी, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा लगायत जाउलाखेल पुगेका थिए…