काठमाडौ,९ कार्तिक। नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने कुरा कुनै हालतमा नस्वीकार्ने बताएका छन् । राजधानीको नयाँबानेश्वरस्थित अल्फा हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा वाम गठबन्धनका दुवै नेताले निर्वाचन सार्ने कुरा कुनै हालतमा नस्वीकार्ने बताएका हुन् । ‘मनोनयन दर्ता भएर उम्मेदवार जनताबीचमा गइसकको छन् । माघ ७…