निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन आवश्यक  : मन्त्री श्रेष्ठ

काठमाडौँ, २१ असार ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन थप बजेट आवश्यक रहेको बताएकी छन् । आजको राष्ट्रियसभाको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको बताएकी हुन् ।…