सर्लाहि १२ मंसिर सोनबर्सा भारत । मर्निङ वाक गर्न यतातिर शिवचन्द्र चौधरीले प्रश्नभन्दा आश्चर्यजनक उत्तर दिए, ‘यता धूलो उडदैन, पिच पनि हेर्न पाइन्छ ।’ सीमावर्ती भारतीय बजार सोनबर्सामा एकाबिहानै दौडिइरहेका सर्लाही मलंगवाका चौधरीको भनाइमा वास्तविकता र व्यंग्य दुवै थियो । उनले थपे, ‘हामीकहाँ भएको पिच खाइसके । फेरि बनाउन वर्षौं झुलाइसके । भारततिर नआएर के…