काठमाडौ,२९असोज। नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माण यसै आर्थिक वर्षबाट सुरु हुने भएको छ । यसका लागि आगामी डिसेम्बर–जनवरीमा ग्लोबल टेण्डर आह्वान गर्ने तयारी गरिएको सडक विभागले जनाएको छ । सुरुङमार्गको डिजाइन तयार भइसकेको छ । बाँकी विषय सल्टाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर नेतृत्वको टोली अहिले जापानमा छ…