वीरेन्द्र कर्ण वीरगञ्ज, ११ भदौ । नेपालको संविधानमा रहेका केही अन्तरवस्तुप्रति बिमति जनाउँदै आन्दोलनरत राष्ट्रिय जनता पार्टी राजपा पनि प्रदेश नं २ को तेस्रोचरणको स्थानीयतहको निर्वाचनमा भाग लिने भएपछि यस क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ । राजपा पनि चुनावमा जाने भएपछि यस प्रदेशमा स्थानीयतहको चुवान हुन्छ कि हुँदैन भन्ने दोधारमा रहेका मतदाता तथा विभिन्न…