काठमाडौं, १ भदौ । हिन्दु नारीहरुको पर्व तिज नजिकिँदै गर्दा दुग्ध विकास संस्थानले दूधको मूयमा वृद्धि गरेको छ । बिहीबारदेखि लागू हुने गरी संस्थानले उत्पादन गर्दै आएको चारै प्रकारका दूधमा मूल्य वृद्धि गरेको हो । संस्थानका व्यापार प्रवद्र्धन अधिकृत सञ्जीव झाका अनुसार दूधमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि भएको छ भने अब आधा लिटरको प्याकेटका लागि…