काठमाडौँ, २१ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई कानुन विपरीतको कार्य नगर्न चेतावनी दिएको छ । कतिपय संस्थाहरूले कानुन विपरीत गएर अनुमति दिएको स्थानभन्दा बाहिर गएर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी आएको भन्दै मन्त्रालयले त्यस्तो नगर्न चेतावनी दिएको हो ।