कञ्चनपुर, ४ असार । अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्न सहजता प्रदान गर्ने उद्देश्यले कञ्चनपुरमा नमुनाका रुपमा तीन ठाउँमा अपाङ्गमैत्री मतदान केन्द्र सञ्चालनमा ल्याइने भएको छ । जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका अनुसार कृष्ण माध्यमिक विद्यालय गुलरिया, महेन्द्र मावि महेन्द्रनगर र शान्ति निकेतन मावि ऐठपुरलाई अपाङ्गमैत्री बनाइएको छ । सहजै अपाङ्गता भएका व्यक्तिले ह्विलचेयर गुडाएर मतदान गर्न…