पहिराका कारण अवरुद्ध सडक सञ्चालनमा

  चितवन, ७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ बिहान ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो दुवैतर्फबाट पन्छाइएपछि बिहान ७ः२५ देखि सडक सञ्चालनमा आएको हो । सो सडकमा राति आवागमन रोकिँदै आएको छ…