सुनसरीका सबै तहमा काँग्रेसले उम्मेदवार तोक्यो

इनरुवा, २६ जेठ । नेपाली काँग्रेसले सुनसरीको सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवार चयन गरेको हो । पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ । धरान उपमहानगरपालिकाको उपप्रमुखमा श्यामा रेग्मी उम्मेदवार हुनुभएको छ…