व्यावसायिक च्याउखेतीका नमुना बने कृष्णदास

धुलिखेल, १४ चैत । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन् । त्रिपन्न वर्षीय उलकले १२ वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउखेती गर्दै आएका हुन् । अहिले उनी खोपासी बजारभन्दा केही वर जयमाँ हारती च्याउ उद्योग खोलेर काम गरिरहेका छन् । उनले त्यहाँ च्याउ उत्पादनको उद्योग नै खोलेको एक वर्ष जति भयो ।…