इनरुवा, ३१ वैशाख । सुनसरीको भोक्राहा गाउँपालिका–५ मा आज बस र स्कारपिओ एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत बङ्गाल कोलकोत्ताका चैतन्य कृष्ण रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६४३६ नम्बरको बस र विपरीत दिशाबाट…