विद्यार्थी बिदेसिने समस्या डरलाग्दो छ : सभापति देउवा

काठमाडौँ, १९ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेसिने समस्या डरलाग्दो रूपमा देखिएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै उनले मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको बताए । नेपाललाई नै…