जाडो बिदामा सामुदायिक विद्यालयका शिक्षकहरूलाई क्षमता विकास तालिम

काठमाडौँ, २० पौष । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयहरूका शिक्षकहरूलाई क्षमता विकास तालिम दिन लागेको छ ।   ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई तालिमबाट क्षमता विकास गराउने उद्देश्यले तालिम दिन लागिएको महानगरपालिकाले जनाएको छ ।  यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र…