उपन्यायाधिवक्ता घिमिरे २० हजार घुससहित पक्राउ

काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई रु २० हजार घुससहित पक्राउ गरेको छ । आयोगको विशेष टोलीले आज उहाँलाई एक सेवाग्राहीसँग घुस माग्दामाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस भई अनुसन्धानका क्रममा रहेको मुद्दा सहज…