विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ, ३ असोज । काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज बुधवार निकाल्नुभएको सूचनामा विद्यालय बन्द गरेमा कारबाही गर्ने उल्लेख छ । आफ्ना माग पूरा गर्ने नाममा शिक्षकहरूका कारण बालबालिकालाई पठनपाठबाट वञ्चित गर्नु उपयुक्त नहुने महानगरको भनाइ छ । सूचनामा महानगरपालिका मातहतका…