हराए त्रिविका १८३ उत्तरपुस्तिका

काठमाडौँ, १४ चैत । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बाट परीक्षण भइसके पनि नतिजा सार्वजनिक हुन बाँकी करिब दुई सय विद्यार्थीका उत्तरपुस्तिका हराएको छ । गत वैशाखमा सञ्चालित स्नातक तह पहिलो वर्षको जनसंख्या विषयका १८३ थान उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयबाटै गायब भएको हो । उत्तरपुस्तिका नै हराएपछि परीक्षा लिएको झन्डै एक वर्ष बित्न लाग्दा पनि नतिजा…