३५ हजार बालबालिकालाई विद्यालयमै खोप

तनहुँ, ६ पौष । तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो । विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार…