सरकारले उच्च शिक्षा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउन सक्नुपर्छ : वामदेव गौतम

काठमाडौँ, २९ बैशाख । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्ण रूपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन् । आज दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफ्नो आवश्यकता बमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी बिस्तार गरी काम अघि बढाउनुपर्ने बताएका हुन् । उनले देशको लागि आवश्यक जनशक्ति नेपालमै उत्पादन गर्नसके मात्रै शिक्षा…