स्थगित स्ववियु निर्वाचन अनिश्चित

काठमाडौँ, ७ चैत । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ विपरीत स्थगित भएका क्याम्पसमा चैत १२ गतेभित्र निर्वाचन गर्न निर्देशन दिनुभएको छ । उपकुलपति प्राडा बास्कोटाले आइतबार दिउँसो विज्ञप्ति जारी गरी स्थगित भएका क्याम्पसको स्ववियु निर्वाचन गर्न निर्देशन दिएपछि निर्वाचन प्रक्रिया सुरू नभएका क्याम्पसमा निर्वाचन गर्ने वा नगर्ने विषयमा अन्योल भएको छ…