काठमाडौँ, ४ बैशाख । काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ लागू गर्ने भएको छ । प्रत्येक शुक्रबार कापी किताब तथा झोला बिनै विद्यार्थीहरू विद्यालय जान पाउने भएका हुन् । मेयर बालेन शाहको विशेष चाँसोमा उक्त कार्यक्रम लागू गर्न लागिएको हो । मेयर शाहले गत वर्ष नै उक्त कार्यक्रम लागू गर्न भनेका थिए…