साउन १७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेसले सरकारलाई कामै गर्न नदिने गरी संसद अवरुद्ध पार्ने र सडक संघर्ष गरेर अस्थिरता उत्पन्न गर्ने कार्य गर्नु हतासको मानसिकता भएको उल्लेख गरे । आज विराटनगरमा राप्रपाको प्रदेश एक नम्बर कार्यालयको उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सरकारलाई एक वर्ष काम गर्न दिनुपर्ने भन्दै…