असार ३२, भक्तपुर । मध्यपुर ठिमी लोकन्थली मनोहराबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय कृष्ण डंगोलसहित ४ जनालाई लागूऔषध नाइट्रोभेट ट्याब्लेट ३० थान र कप केयर १ बोत्तलसहित पक्राउ गरेको भन्दै प्रहरीले जानकारी दिएको छ । पक्राउ गरेपछी उनीहरुबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।