गायक तथा संगीतकार गणेश रसिकको निधन

काठमाडौँ, १८ जेठ । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ ।  ७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आज निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिए ।  उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । रसिककी छाेरी देश बाहिर रहेकाले भाेलि मात्रै अन्त्येष्टि गरिने अध्यक्ष थापाले बताए ।