बैतडी, १० भदौ । तराईका जिल्लामा बढी हुने डेंगु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भने, ‘दार्चुलाको ब्यासमा पनि डेंगु सार्ने लामखुट्टे फेला परेको छ । दार्चुलामा प्रदेशकै…