ताप्लेजुङमा चट्याङ लागेर एक वृद्धको मृत्यु

ताप्लेजुङ, १६ बैशाख । जिल्लाको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ । शुक्रबार राति सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हाे । शुक्रबार राति करिब ८ बजे घरैमा बसिरहेको अवस्थामा कडरीयलाई चट्याङ लागेको थियो । केही दिन अघि मात्रै चट्याङ लागेर…