घातक वैजनी रङको तहमा वायु प्रदूषण

काठमाडौँ, १ बैशाख । नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण जनस्वास्थ्यका लागि 'अस्वस्थकर तह' अर्थात् वैजनी रङमा पुग्दा पनि नियन्त्रण प्रयास फिक्का देखिएका छन् । वायु गुणस्तर सूचकांक (एक्यूआई) मा २४५ अंकसहित बिहीबार अपराह्न काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा चौथो स्थानमा थियो । सोही समयमा वातावरण विभागले राजधानी सहर काठमाडौंको…