पहिरोमा च्यापिएर एक जनाको मृत्यु

सिन्धुली, २ चैत । जिल्लाको फिक्कल गाउँपालिकामा खसेको पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिरएर आज दिउँसो ३५ वर्षीय टेकबहादुर परियारको मृत्यु भएको हो । ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर गाउँपालिका ३ खुरहरिका ३५ वर्षीय परियारको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ…