घुससहित नायब सुब्बा र लेखापढी व्यवसायी पक्राउ

वीरगञ्ज, १९ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको रकमसहित महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ । अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा (नासु) रामकृष्ण पण्डित र श्रीसुभाष भू–सेवा केन्द्र, जलेश्वरका लेखापढी व्यवसायी सुभाष चन्द्रलाल कर्णलाइ पक्राउ गरेको हो । उनीहरूलाई सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिइसकेको…