टिकटकले नेपालबाट हटायो २८ लाखबढी भिडियो

काठमाडौँ, ७ माघ । टिकटकले ‘गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक गरेको छ । जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्याङ्क समेटिएको यस रिपोर्टले टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स विपरीत रहेका सामग्री पहिचान गर्न र हटाउन अपनाएका सक्रिय कदमको विवरण प्रस्तुत गर्दछ । पछिल्लो ३ महिनाको अवधिमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण कुल २८ लाख २९ हजार ६१२ वटा भिडियो हटाइएका…