सिन्धुपाल्चोक, ४ माघ । धन कमाउन विदेश जानु पर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गरेको बताउछन् । छ महिना खान नपुग्ने उनको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी लिन थालेको…