नेपालबाट २७ करोडको यार्सागुम्बा निर्यात

काठमाडौँ, ९ पौष । चालू आर्थिक वर्ष २०७९/८० को ५ महिनामा नेपालबाट २७ करोड ८१ लाख रूपैयाँको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि मंसिर महिनासम्ममा उक्त मूल्य बराबरको यार्सागुम्बा विदेशतर्फ निर्यात भएको हो । ५ महिनाको अवधिमा नेपालबाट ४५३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । नेपालबाट यस अवधिमा विश्वका ११ वटा देशमा…