मकवानपुर, ३१ साउन । त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण शनिबार बिहानैबाट अवरुद्ध बनेको छ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित सडकखण्डमा माथिबाट ढुङ्गासहित रुखहरु खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडक अवरुद्ध भएपछि प्रहरी चौकी भैंसेबाट प्रहरी टोली गई सडक विभागसँग समन्वय गरी सडक खुलाउने कार्य…