काठमाडौँ, २६ असोज । दाङमा तास खेलिरहेका नौजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ का ३६ वर्षीय प्रेमप्रकाश वलीसहितका व्यक्तिहरू छन् । तुलसीपुर–९, अटोभिलेजस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार साँझ उनीहरूलाई पक्राउ गरिएको हो । नगद ३४ हजार ६०५ रुपैयाँ र दुई बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको…