सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौँ, १८ कार्तिक । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, काठमाडौंले १४ कात्तिकमा करणी सम्बन्धी कसूरमा १० देखि १२…