काठमाडौँ, २३ मंसिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशभरको मौसम आज मुख्यतया सफा हुनेछ । आज दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै आज राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ ।