काठमाडौँ, ७ माघ । मोरङको विराटनगरबाट प्रहरीले ठुलो परिमाणमा लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले विराटनगर-४ स्थित नहर सडक छेउबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले को. ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा सवार सुनसरी भोक्राहानरसिंह-५ का ३५ वर्षीय सुदिन…