इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन

काठमाडौँ, ६ माघ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार प्रशासनले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको…