काठमाडौँ, १४ साउन । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ‘१००’ नम्बरमार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ । प्रहरी कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षमा मर्मत–सम्भारको काम हुने भएकाले सेवा अवरुद्ध हुने जानकारी दिइएको हो । सेवा अवरुद्ध रहने चार…