धनुषा, ३ जेठ । धनुषाको जनकपुर उपमहानगरपालिका-२३ लादोबेलामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार हिजो बेलुका जिरोमाईलबाट महोत्तरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले सडक पार गर्दै गरेकी स्थानीय ४० वर्षीया शिलादेवी दासलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । …